Rule 7
संस्था दर्ता गर्न निवेदन दिनु पर्ने

संस्था दर्ता गर्न चाहने व्यक्तिले देहायका विवरणहरु खुलाई अनुसूची–३ बमोजिमको ढाँचामा रजिष्ट्रार समक्ष निवेदन दिनु पर्नेछ :–

(क) संस्थाको नाम र ठेगाना,
(ख) संस्थाको उद्देश्य,
(ग) संस्थाको सदस्यको आवश्यक योग्यता र सदस्यता शुल्क सम्बन्धी व्यवस्था,
(घ) संस्थाको सदस्यको निष्काशन र राजीनामा सम्बन्धी व्यवस्था,
(ङ) संस्थाको साधारण सभा सम्बन्धी व्यवस्था,
(च) संस्थाको कार्यकारिणी समितिको गठन र निर्वाचन सम्बन्धी प्रकृया,
(छ) संस्थाको कार्यकारिणी समितिको बैठक सम्बन्धी कार्यविधि,
(ज) संस्थाको कोष तथा आय–व्यय र लेखा परीक्षण सम्बन्धी व्यवस्था,
(झ) संस्थाको प्रशासकीय र व्यवस्थापकीय कामको लागि खर्च गर्न पाउने रकम,
(ञ) संस्थाको रोयल्टी संकलन र वितरण गर्ने सम्बन्धी व्यवस्था,
(ट) संस्थाको उजुरी सम्बन्धी व्यवस्था,
(ठ) संस्थाको विधान संशोधन प्रकृया,
(ड) अन्य आवश्यक कुराहरु ।